एमाले समर्थक चिकित्सक डा.पौडेलले आदेश पाएनन्, खड्कालाई राहत
काठमाडौं । सर्वोच्च अदालतले वीर अस्पतालको निर्देशकबाट एमाले समर्थक डा. सन्तोष पौडेललाई हटाउनुको कारण माग गरेको छ ।
सर्वोच्चका न्यायाधीस हरिप्रसाद फुयाँलको एकल इजलासले अन्तरिम आदेशका लागि छलफलमा पनि बोलाएको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले बताए ।
वीर अस्पतालका निर्देशकबाट हटाइएका पौडेलले पुनर्वहालीको माग राख्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।
उता, सर्वोच्च अदालतले प्रदेश सरकारको स्वास्थ्य सचिवबाट हटाइएका बद्री खड्कालाई पुन: सचिव पदमा काम गर्न अन्तरिम आदेश दिएको छ ।
प्रदेश सरकारको उक्त निर्णय कानूनविपरित भएको भन्दै खड्का पुन: बहालीको माग लिएर सर्वोच्च अदालत गएका थिए ।
सर्वोच्चका न्यायधीश हरिप्रसाद फुयाँलको एकल इजलासले उनले माग गरेअनुसार अन्तरिम आदेश जारी गरेको सर्वोच्च अदालतका प्रवक्ता पोखरेलले बताए ।
अन्तरिम आदेश जारी भएसँगै कार्कीलाई पुन: बागमती प्रदेशको स्वाथ्य सचिवका रूपमा काम गर्ने बाटो खुलेको छ ।
मंसिर १२ गते बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले खड्कालाई सचिवको जिम्मेवारीबाट हटाई १०औँ तहका दीपक तिवारीलाई निमित्त सचिवको जिम्मेवारी दिएको थियो ।
निर्णयविरुद्ध खड्का गत मंसिर १९ गते सर्वोच्च अदालत पुगेका थिए । सोही रिटमा सर्वोच्चले बिहीवार अन्तरिम आदेश दिएको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया