क्रिश्चियनका नेताको कीर्ते काण्ड, प्रहरीद्वारा पक्राउ
काठमाडौं । प्रहरीले राष्ट्रिय ख्रिष्टियन महासंघ नेपालका अध्यक्ष चरीबहादुर गहतराजलाई पक्राउ गरेको छ ।
मंगलबार गहतराजलाई प्रहरीले सिंहदरबारबाट नक्कली सर्टिफिकेट प्रकरणमा पक्राउ गरेको जनाएको छ ।
गहतराजले स्नातक तहको नक्कली सर्टिफिकेट बनाएर दुरूपयोग गरेको आरोप छ ।
उनीमाथि स्नातक तहको ट्रान्सक्रिप्ट, माइग्रेसन लगायतका कागजात कीर्ते गरेको उजुरी परेपछि गहतराज पक्राउ परेका हुन् ।
गहतराजले ‘महान् अभियान’ नामक पत्रिका दर्ता गर्ने क्रममा आफू स्नातक उत्तीर्ण भनी स्नातक तहको कागजात कीर्ते गरेको आरोप छ ।
गहतराजले पशुपति बहुमुखी क्याम्पसबाट प्रथम श्रेणीमा स्नातक उत्तीर्ण भएको कागजात बनाएका छन् ।
Published : Tuesday, 2023 December 12, 6:36 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया