एनएमबी र एनआईसी एसियाले ब्याज घटाए
काठमाडौं । एनएमबी बैंक लिमिटेड र एनआईसी एसिया बैंक लिमिटेडले ब्याजदर घटाएका छन् ।
एनएमबी र एनआईसीले नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् । दुबै बैंकले पुस १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।
एनआईसी एसिया र एनएमबी बैंकले मंसिरको तुलनामा पुस महिनाका लागि आफ्नो ब्याजदर घटाएका छन् ।
एनआईसी एसिया बैंकले पुस महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपमा अधिक्तम ८.९७ प्रतिशतलाई घटाएर ८.६७ प्रतिशतमा झारेको छ ।
एनआईसी एसिया बैंकले न्यूनतम ७ प्रतिशत देखि अधिक्तम ८.६७ प्रतिशतसम्मको ब्याजदर सार्वजनिक गरेको छ ।
एनआईसी एसियाले पुस महिनाका लागि संस्थागत मुद्दती निक्षेपमा ५.५० प्रतिशतदेखि ६.६७ प्रतिशतसम्मको ब्याज दिने भएको छ ।
एनएमबी बैंकले पनि मंसिर महिनाको तुलनामा आफ्नो ब्याजदर घटाएको छ । एनएमबीले पुस महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९ प्रतिशतसम्म ब्याज दिने जनाएको छ ।
मंसिर महिनामा एनएमबीले अधिक्तम ९.७६ प्रतिशत ब्याजदर कायम गरेको थियो । एनएमबी बैंकले पुस महिनाका लागि न्ययुनतम ७ प्रतिशतदेखि अधिकतम ९ प्रतिशतसम्मको ब्याज दिने जनाएको छ ।
पुस महिनाका लागि एनएमबीले संस्थागत मुद्दती निक्षेपमा न्यूनतम ६ प्रतिशतदेखि अधिक्तम ७ प्रतिशतसम्म ब्याज दिनेछ ।
एनएमबीले पुस महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदरसोमबार अर्थात् मंसिर २५ गतेदेखि लागू हुनेछ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया