राष्ट्रियसभा निर्वाचनका लागि जसपाले उम्मेदवार चयन गर्ने निर्णय
काठमाडौं । जनता समाजावादी पार्टी, नेपालले माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने निर्णय गरेको छ ।
सोमबार दिउँसो पार्टी केन्द्रीय कार्यालय, बालकुमारी, ललितपुरमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले निर्वाचन आयोगमा दल दर्ताको निर्णय गरेको नेता राजकिशोर यादवले बताएका छन् ।
राष्ट्रियसभा निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार चयनका लागि पुस १० गते केन्द्रीय कार्यकारिणी समितिको पुन: बैठक बस्ने निर्णय गरेको छ ।

कार्यकारिणी समितिले पुस २५, २६ र २७ गते जसपा नेपालको राजनीतिक समितिको बैठक आह्वान गरेको छ ।
जसपा नेपालले सञ्चालन गरेको तीन महिने संगठन विस्तार तथा सुदृढीकरण अभियानको समिक्षा गर्दै अभियानलाई पुस मसान्तसम्म थप प्रभावकारी ढंगले निरन्तरता दिने निर्णय गरेको छ ।
समसामयिक राजनीतिक विषयमा छलफल गर्दै जसपा नेपालले यसबीच संचालन गरेको प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण अभियान प्रभावकारी रहेको निष्कर्ष समेत निकालेको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया