तारा एयरको जहाजको सिसा हरायो, थोत्रा लोकल बस जस्तो अवस्था
काठमाडौं । तारा एयरको कार्गो जहाजको आपतकालीन ढोकाको सिसा बाटोमा खसेर हराएको छ ।
तारा एयरको नाइन एन एएलओ कल साइनको जहाज आइतबार बिहान ९ बजेर ३१ मिटनमा काठमाडौंबाट लुक्लातर्फ उडेको थियो ।
आकासमा उडिहेका बेला जहाजको आपतकालीन ढोकाको सिसा बाटोमा खसेको पाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले बताएका छन् ।
सिसा खसे पनि जहाजले सुरक्षित अवतरण गरेको छ । जहाजमा दुई जना प्यासेन्जर पनि रहेका थिए ।
जहाजले काठमाडौंबाट ११ सय २६ किलो सामान लिएर लुक्लातर्फ उडेको थियो ।
नेपालका एयरलाईन्सहरूको जहाज निकै थोत्रो र जिर्ण रहेको भनेर आलोचना भइरहेका बेला तारा एयरको जहाजको सिसा बाटोमा खसेर हराएको छ ।
जहाजहरू पहाडी भेगमा चल्ने लोकल बसभन्दा पनि निकै खराब अवस्थामा रहेको भनेर आलोचना भएका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया