कानिङ सेडुप लिङ गुम्बामा रिन्पोछेद्वारा ङोन्डो र त्रिमूलको अभिषेक, एक हजार सहभागी हुने
काठमाडौं । कानिङ सेडुप लिङ गुम्बा संगठन तथा विकास कोषमा लामे थुक्डुप बार्क्षे कुन्सेल मध्यमवर्गको अभिषेक (वाङ)को कार्यक्रम भएको छ ।
शनिबार काठमाडौंको बौद्ध, रामहिटीमा रहेको कानिङ सेडुप लिङ गुम्बामा श्रद्धेय गुरुवर छोकी नीमा रिन्पोछेबाट अभिषेक प्रदानको कार्यक्रम भएको छ । कार्यक्रममा भिक्षु/भिक्षुणीहरूको पनि सहभागिता रहेको थियो ।
करीव १ हजार सहभागी भएको अभिषेक कार्यक्रममा बुद्धको शिक्षासम्बन्धी ज्ञान प्रदान गरिने खेन्पो पेमा लामाले बताएका छन् । लामाका अनुसार आइतबारदेखि एक महिनासम्म पूर्वागत अभ्यास (ङोन्डो) र त्रिमूल (चावा सुम्)को अभ्यास हुनेछ ।
अभ्यास कार्यक्रममा करीव १ हजार श्रद्धालु भक्तजनहरू सहभागी हुने लोपेन छोपेल ग्याछोले बताएका छन् । ग्याछोले भने, ‘ङोन्डो र त्रिमूलको अभ्यासमा बिहान ६ बजेदेखि बेलुका साढे पाँच बजेसम्म बुद्धको शिक्षा र अभ्यास गर्नेछन् ।’
ङोन्डोमा बुद्धको शिक्षाप्रति रुचि भएकाहरूलाई बुद्धको शिक्षामार्फत चित्तलाई कसरी शुद्ध गरिनेबारेमा विशेष ज्ञान दिइन्छ ।
त्यसरी तीन पटक ङोन्डोमा सहभागी भइसकेकाहरूले विशेष उच्च ज्ञान हासिल गरि अभ्यास गर्नको लागि त्रिमूलको साधनामा प्रवेश भइ उच्च शिक्षाको लाभ लिन सकिन्छ ।
सहभागीहरूलाई बुद्धको शिक्षाका बारेमा मूल श्रद्धेय गुरुवर रिन्पोछेले प्रशिक्षण दिनेछन् । सहभागीहरूलाई खेन्पो, डुप्ला, लोपेन गुरुहरूले पनि शिक्षा प्रदान गर्ने ग्याछोले बताएका छन् ।




बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया