ललितपुर र काठमाडौंबाट जुवा खेल्ने १४ जना नगदसहित पक्राउ
काठमाडौं । प्रहरीले काठमाडौं र ललितपुरबाट जुवातास खेल्दै गरेको अवस्थामा १४ जनालाई पक्राउ गरेको छ ।
ललितपुर महानगरपालिका–३ झम्सिखेलस्थित सुस्मा नेपालको मुगल होटेलमा कौडा खेलिरहेको अवस्थामा धापाखेल बस्ने महांकाल गाउँपालिका–४ घर भएका ३४ वर्षीय रमेश तिमल्सिना समेत ११ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
जिल्ला प्रहरी परिसर जावलाखेलबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ९९ हजार ५ सय रूपियाँ र १६ थान कौडासहित पक्राउ गरेको हो ।
यता, काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङगास्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–२ बस्ने ३९ वर्षीय संजीव बस्नेत सहित ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १५ हजार रूपियाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया