नेविसंघका अध्यक्ष शेर्पा भारत प्रस्थान, बज्राचार्यलाई दिए कार्यवाहक

काठमाडौं । नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले कार्यवाहक अध्यक्षको जिम्मेवारी उज्ज्वल बज्राचार्यलाई दिएका छन् ।

बिहीबार संघका अध्यक्ष शेर्पा भारत प्रस्थान गरेका छन् । भारतीय जनता पार्टीको विद्यार्थी संगठनको कार्यक्रममा सहभागी हुन भारत जाने क्रममा बज्राचार्यलाई अध्यक्षको जिम्मेवारी तोकेका हुन् ।

बज्राचार्यलाई संघको विधान, २०७५ अनुसार कार्यवाहक जिम्मेवारी तोकिएको छ । सात सय एक सदस्यीय केन्द्रीय समितिमा अध्यक्षबाहेक सबै केन्द्रीय सदस्य मात्रै छन् ।

शेर्पा अध्यक्ष भएपछि पहिलो पटक बज्राचार्यले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका छन् ।

Published : Thursday, 2023 December 7, 1:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया