पर्सहवाबाट ठूलो परिमाणमा चिनी बोकेको गाडीसहित २ जना पक्राउ
भैरहवा । रुपन्देही प्रहरीले ११ लाख ८२ हजार मूल्य बराबरको ५६ बोरा चिनीसहित गाडीलाई नियन्त्रणमा लिएको छ ।
ईलाका प्रहरी कार्यालय बेथरीबाट खटिएको प्रहरी टोलीले बुधबार बिहान २ बजे मायादेवी गाउँपालिका वडा नं. ५ पर्सहवाबाट गाडीलाई चिनीसहित नियन्त्रणमा लिएको विज्ञप्तिमा उल्लेख छ ।
चिनी बरामद भएको बोलेरो पिकअप गाडीलाई बुटवल उप–महानगरपालिका वडा नं. २ बस्ने वर्ष ३२ का ईश्वर भुसालले चलाएका थिए । गाडीमा बुटवल उप–महानगरपालिका वडा नं. १३ बस्ने वर्ष २० को अर्जुन कुँवर पनि सवार थिए ।
लु २ च २४ नम्बरको बोलेरो पिकअप गाडीमा भारतबाट नेपालतर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउँदै गरेको अवस्थामा ५६ बोरा चिनी बरामद भएको थियो ।
चिनीसहितको गाडी र पक्राउ परेका दुबै जनालाई प्रहरीले भैरहवा भन्सार कार्यालय बेलहिया पठाएको छ ।
नेपालका चिनी उद्योगीहरूले भारतबाट चिनी तस्करी गरेर ल्याइ आफ्नो उद्योगको लेबल लागेको बोरामा भरेर बजारमा महँगो मूल्यमा पठाउने गर्छन् ।
स्वदेशी चिनी मिललाई धरासायी बनाएर व्यापारी र उद्योगीहरूले चिनीमा लामो समयदेखि तस्करी र कालोबजारी गर्दै आएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया