दिल्लीमा लगेर महिला र युवती बिक्री गर्ने बाँकेकी मुना ठकुरी पक्राउ
काठमाडौं । मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा बाँकेको बैजनाथ गाउँपालिका–८ की ३९ वर्षीया मुना ठकुरी भन्ने मुनाकुमारी मल्ललाई प्रहरीले बिहीबार पक्राउ गरेको छ ।
सुर्खेत, दैलेख लगायतका पहाडी जिल्लाबाट महिलाहरूलाई भारतमा आकर्षक रोजगारीको प्रलोभन देखाई नयाँ दिल्लीस्थित यौन गतिविधि हुने केन्द्रमा लगि बेचबिखन गरेको भन्ने उजुरीको आधारमा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय बाँकेको समन्वयमा मुनालाई पक्राउ गरेको हो विज्ञप्तिमा उल्लेख छ ।
मुनालाई प्रहरीको टोलीले बाँकेको नेपालगंजबाट पक्राउ गरेको जनाएको छ ।
मुनाले भारतमा घरको सरसफाईमा राम्रो कमाई हुने प्रलोभन देखाई महिलाहरूलाई नेपालबाट लैजाने गरेको आरोप छ ।
आर्थिक अवस्था कमजोर भएका, कम पढेलेखेका एकल महिलाहरूलाई टार्गेट बनाउने गरेको तथा भारतको नयाँ दिल्लीमा सञ्चालित यौन गतिविधि हुने केन्द्रमा एक जना नाबालिका सहित २ जना युवतीलाई बेचबिखन गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ ।
मुना उपर काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया