पाल्पाका पोखरेल काठमाडौंमा पक्राउ
काठमाडौं । कुवेत पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले ३३ वर्षीय चक्र पोखरेललाई पक्राउ गरेको छ ।
वैदेशिक रोजगारीको लागि कुवेत पठाईदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–३ बसुन्धारा बस्ने पाल्पाको रब्दीकोट नगरपालिका–४ घर भएका ३३ वर्षीय पोखरेललाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको जनाएको छ ।
पोखरेलले १ जनालाई वैदेशिक रोजगारीको लागि कुवेत पठाई प्रतिष्ठित कम्पनीमा मासिक ६० हजार रूपियाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी १ लाख रूपियाँ ठगी गरेको आरोप छ ।
उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।
Published : Monday, 2023 November 27, 4:36 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया