ललितपुरबाट सुजातालाई पक्राउ
काठमाडौं । अनलाईनमार्फत ठगी गरेको अभियोगमा प्रहरीले २७ वर्षीया सुजता चौधरीलाई ललितपुरमा पक्राउ गरेको छ ।
अनलाइनमार्फत १ लाख ३५ हजार रूपियाँ ठगी गरेको अभियोगमा ललितपुरको महालक्ष्मी नगरपालिका–३ ईमाडोल बस्ने चौधरीलाई पक्राउ गरिएको विज्ञप्तिमार्फत प्रहरीले जनाएको छ ।
सप्तरीको कञ्चनरूप नगरपालिका–९ घर भएकी चौधरीलाई आइतबार प्रहरीले पक्राउ गरेको जनाएको छ ।
चौधरीले आफू टर्कीको नागरिक हो भनेर फेसबुकमार्फत साथी बनाएकालाई कुरियरबाट मोबाइल, घडी, जुत्ता, सुनका गहना, मेकअप लगायतका सामानहरू पठाएको भन्दै ठगी गरेको आरोप लागेको छ ।
ती सामनाहरू काठमाडौं एयरपोर्टमा आइपुगेकाले सामानको कस्टम, डेलीभरी र इन्सुरेन्स वापतको रकम तिर्नुपर्छ भन्दै विभिन्न व्यक्तिहरूको नामको बैंक खातामा रकम जम्मा गर्न लगाई ठगी गरेको आरोप छ ।
उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया