कांग्रेस नेता तथा सभापति खतिवडाद्वारा अग्निपीडितलाई आर्थिक सहयोग प्रदान
ओखलढुंगा । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले गृहजिल्ला ओखलढुङगाका अग्निपीडितलाई आर्थिक सहयोग गरेका छन् ।
मोलुङ गाउँपालिका वडा नं. २ रामपुरका अग्निपीडितलाई खतिवडाले आफ्नो व्यक्तिगत खर्चबाट आर्थिक सहयोग गरेको उनका निजी स्वकीय सचिव हुकुम राईले बताएका छन् ।
बिहीबार बिहान सभापति खतिवडाले नीमबहादुर सार्की र रामबहादुर सार्कीलाई घरमै भेटेर प्रतिव्यक्ति १० हाजरका दरले आर्थिक सहयोग गरेका हुन् ।
उनीहरूको घरमा विद्युत् सर्ट भएर केही दिन पहिला आगलागी भएको थियो । खतिवडाले आगलागी हुने बितिकै आफूलाई जानकारी भएको बताउँदै पीडितलाई सक्दो सहयोग गर्ने बताए ।
सभपाति खतिवडाले गाउँपालिका रेडक्रसले केही सहयोग गरेको छ । अन्य संघ संस्थालाई पीडित परिवारलाई सहयोग गर्न उनले आग्रह गरेका छन् ।

बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया