भरतपुरमा दुर्घटना हुँदा एकजनाको मृत्यु
भरतपुर । चितवन जिल्लामा ट्याक्टर र मोटरसाईकल एकआपसमा ठक्कर खाएर दुर्घटना हुँदा १९ वर्षीय विवेक अधिकारीको मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका-१३ उजेलीनगरमा ना.६ त ४७२८ नम्बरको ट्याक्टर र प्रदेश ३-००२-००९ प ९४९३ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई आइतबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक भरतपुर महानगरपालिका-१३ बस्ने अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उता, मकवानपुरको हेटौंडा उपमहानगरपालिका-६ शान्तिटोलमा ना.७ ख १८१६ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ३८ वर्षीया निरा बजगाइँको आइतबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया