सौतेनी आमा र मामाको कर्तुत्, १७ वर्षीया खातुनको चिहानमा भेटियो शव
काठमाडौं । सर्लाही जिल्लामा १७ वर्षीया तबसुन खातुनको हत्या गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
हरिवन नगरपालिका–११ बालगंगा खातुनको हत्या गरेको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले शुक्रबार राति पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
पक्राउ पर्नेहरूमा मृतककी सौतेनी आमा ४५ वर्षीया सकिना खातुन, मृतकको मामा ५५ वर्षीय शेख जिलानी र शेख जिलानीको छोरा २४ वर्षीय शेख असजद रहेका छन् ।
कात्तिक २६ गते तबसुनलाई परिवारका सदस्यहरू मिलेर हत्या गरी शवलाई हरिवन नगरपालिका–११ बालगंगास्थित चिहानमा गाडेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
हत्याको घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया