आगलागीमा परेर दुई महिलाको मृत्यु
काठमाडौं । झापा र भोजपुर जिल्लामा आगलागीमा परी दुई महिलाको मृत्यु भएको छ ।
झापाको अर्जुनधारा नगरपालिका–१० बस्ने ७५ वर्षीया दिलकुमारी राईको घरमा बिहीबार राति आगलागी हुँदा आगोले जलेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
आगलागीमा परी उनका पति ७३ वर्षीय शिवकुमार राई घाइते भएका छन् ।
उनलाई बीएण्डसी अस्पताल बिर्तामोड हुँदै थप उपचारको लागि शनिश्चरे अस्पताल शनिश्चरे पठाइएको छ ।
आगलागीबाट घर पूर्णरुपमा जलेर करिब ७५ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
भोजपुरको आमचोक गाउँपालिका–६ राधुन बस्ने ७५ वर्षीया लालमाया राईको आगोमा जलेर शुक्रबार राति मृत्यु भएको छ ।
आफ्नै घरमा तरकारी पकाउने क्रममा आगोमा जलेर उनको मृत्यु भएको हो ।
Published : Saturday, 2023 November 11, 8:31 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया