लुम्बिनीद्वारा भूकम्प प्रभावितलाई २५ लाख दिने निर्णय
लुम्बिनी । लुम्बिनी विकास कोषले भूकम्पबाट प्रभावितहरूका लािग २५ लाख रुपियाँ सहयोग गर्ने भएको छ ।
कोष सचिवालयको बैठकले तत्काल राहत र उद्धारका लागि कोषको तर्फबाट २५ लाख रुपियाँ सहयोग गर्ने निर्णय गरेको हो ।
भूकम्पबाट प्रभावित जाजरकोट र रुकुम पश्चिममा भएको मानवीय र भौतिक क्षतिप्रति दु:ख व्यक्त गर्दै कोषका तर्फबाट प्रभावितलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत सहयोग गर्ने निर्णय भएको सदस्यसचिव सानुराजा शाक्यले बताएका छन् ।
कोषको तर्फबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवम् कोषका अध्यक्ष सुदन किराँती र उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे)ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई सहयोग चेक हस्तान्तरण गर्नेछन् ।
कोषले भूकम्पबाट मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जलि अर्पण गरेको छ । घाइतेहरूको स्वास्थ्य लाभको कामना गरेको कोषले जनाएको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया