मुगुबाट काठमाडौं जाँदै गरेको मोटरसाइकलको ठक्करबाट देउखुरीमा भीमसेनको मृत्यु
लमही । दाङको देउखुरीस्थित पूर्वपश्चिम महेन्द्र राजमार्गमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीय भीनसेन थारूको मृत्यु भएको छ ।
लमही नगरपालिका–८ सतबरियामा मुगुबाट काठमाडौंतर्फ जाँदै गरेको बा.३३ प ३६३४ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने थारूको आइतबार दिउँसो मृत्यु भएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
ठक्करबाट गम्भीर घाइते भएका थारुको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पताल हुँदै थप उपचारको लागि भेरी अस्पताल नेपालगंज रिफर गरिएको छ ।
मोटरसाइकलमा सवार १ जना उपचार पश्चात डिस्चार्ज भएका छन् ।
Published : Monday, 2023 November 6, 1:49 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया