सिन्धुपाल्चोकबाट मोहन बस्नेतद्वारा नगदको ठूलो घोषणा, प्रभावित जिल्लामा ६ वटा बस पनि पठाइदिए
काठमाडौं । नेपाली कांग्रेसका नेता समेत रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकबाट भूकम्प प्रभावितहरूको सहयोगका लागि ३५ लाख रुपियाँको व्यवस्थापन गरेका छन् ।
मन्त्री बस्नेतले जाजरकोट र रुकुम पश्चिममा प्रभावितहरूलाई यातायातमा सहयोग होस् भनेर नि:शुल्क सेवाका लागि ६ वटा बस पनि पठाउने भएका छन् ।
जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितहरूको चराइरहेको घाउमा मलम लगाउन मन्त्री बस्नेतको व्यक्तिगत पहलमा आर्थिक सहयोग र बसहरूको व्यवस्थापन गरिएको छ ।
भूकम्पपीडित उद्दार तथा राहत कोषमा जम्मा हुने गरि सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकाबाट रू. १५ लाख, त्रिपुरासुन्दरी गाउँपालिकाबाट रू. १० लाख र भोटेकोशी गाउँपालिकाबाट रू. १० लाख रुपियाँ उपलब्ध गराउने निर्णय भएको छ ।
अरनिको यातायात व्यवसायी समितिले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितहरूका आफन्तहरूलाई घटनास्थल पुग्नको लागि ३/३ गरि जम्मा ६ वटा बस व्यवस्थापन गरिएको छ ।
२०७२ सालको भूकम्प र कोरोना महामारीका बेला पनि कांग्रेस नेता तथा मन्त्री बस्नेत निकै सहयोगहरू गरेका थिए ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया