भूकम्पबाट भएको क्षतिप्रति सभापति देउवा दुखित्, उद्दार, राहत र पुर्ननिर्माणम लाग्न अनुरोध

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जाजरकोट केन्द्रविन्दु भएर गएराति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिम लगायतका क्षेत्रमा ठूलो मानवीय क्षति भएको खबरले दुखित भएको जनाएका छन् ।

शनिबार बिहान सामाजिक सञ्जालमार्फत सभापति देउवाले प्रभावित क्षेत्रमा तत्काल उद्दार टोली खटाएर घाइतेहको उपचार गर्न सरकारसँग अनुरोध गरेका छन् ।

प्रभावित क्षेत्रमा मानवीय सहायत पुर्‍याउने प्रबन्ध गर्न पनि सभापति देउवाले अनुरोध गरेका छन् ।

भूकम्पमा परी ज्यान गुमाएकाहरूप्रति देउवाले श्रदाञ्जलि अर्पण गर्दै घाइतहरूको स्वास्थ्य लाभको कामना गरेका छन् ।

‘यस कठिन घडीमा नेपाली कांग्रेसको सम्पूर्ण पार्टी निकायलाई भूकम्प प्रभावित क्षेत्रमा उद्दार, राहत र पुर्ननिर्माणमा जुट्न निर्देशन गर्दछु’, सभापति देउवाले भनेका छन् ।

Published : Saturday, 2023 November 4, 8:04 am

फेसबुकबाट तपाईको प्रतिक्रिया