संविधानको असल कार्यान्वयनमा अझै केही समस्या छ : नेता सिटौला
बागलुङ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधानको असल कार्यान्वयनमा अझै पनि केही समस्या रहेको बताएका छन् ।
शुक्रबार बागलुङमा नेपाली कांग्रेसले आयोजना गरेको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै सिटौलाले देश संघीय संरचनामा गइसकेपछि प्रदेश र पालिकाले केन्द्रीय सरकारकै मुख ताक्नुपर्ने अवस्था आउन नहुने बताए । उनले संघीय संरचनाहरूलाई अधिकार दिनुपर्ने बताएका छन् ।
नेता सिटौलाले कांग्रेसमा पुस्तान्तरण आवश्यकता रहेको समेत बताएका छन् । कार्यक्रममा कांग्रेसका नेता तथा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लोकतन्त्र र गणतन्त्र स्थापनाका लागि नेपाली कांग्रेसले ठूलो योगदान गरेको बताएका छन् ।
उनले कांग्रेस पार्टीलाई बलियो बनाउन जनस्तरबाटै नेता, कार्यकर्ता लाग्नुपर्ने बताए । पाण्डेले नेताहरू पनि उत्तरदायी र जिम्मेवार बन्नुपर्नेमा बताएका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया