ठूलो पार्टीमा असन्तुष्टि हुन्छन्, जायज माग सम्बोधन हुन्छन् : सभापति देउवा
बागलुङ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले संविधान र संघीयता ठीक छैन भन्ने तत्वविरुद्ध लाग्न पार्टी कार्यकर्तालाई निर्देशन दिएका छन् ।
शुक्रबार बागलुङमा नेपाली कांग्रेस बागलुङ जिल्ला सम्मेलनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले संविधान विरोधी तत्वलाई ठेगान लगाउन कांग्रेस कार्यकर्ता एक हुन आग्रह गरेका हुन् ।
उनले पछिल्लो समय आइरहेका अफवाहप्रति विश्वास नगर्न नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरेका छन् ।
सभापति देउवाले भने, ‘अरु कसैले जे भन्यो त्यसैमा बहकिने होइन, कांग्रेसले संविधान कार्यान्वयन गरेर छाड्छ । देशकै ठूलो दल भएको नाताले संघीयता र संविधानमा आएका समस्या समाधान गर्ने जिम्मा पनि कांग्रेसकै हो ।’
उनले आगामी निर्वाचनमा पनि कांग्रेसलाई ठूलो दल बनाउने बताएका छन् ।
देउवाले पार्टीभित्र उब्जेका कतिपय असन्तुष्टिमा आफ्नो ध्यानाकर्षण भएको बताएका छन् । उनले भने, ‘ठूलो पार्टीमा केही असन्तुष्टि हुन्छन्, जायज माग सम्बोधन हुन्छन् । बेकारका माग आए वेवास्ता गरेर अगाडि बढ्ने हो ।’
सभापति देउवाले आँफू धेरै नबोल्ने तर, काम गरेर देखाउने बताएका छन् । देशका प्रमुख राजनीतिक दलहरू समेत मिलेर संविधान कार्यान्वयनको एकता कायम गरेर देखाउने उनले बताएका छन् ।
बागलुङ कांग्रेसले १ सय ५ जना ७५ वर्ष काटेका जेष्ठ कार्यकर्ता र सशस्त्र द्वन्द्व तथा अन्य आन्दोलनका शहीद परिवारलाई सम्मान गरेको छ ।
दुई दिनसम्म चल्ने सम्मेलनमा महामन्त्री विश्वप्रकाश शर्मासहितका नेताले प्रशिक्षण गर्ने सभापति जितबहादुर शेरचनले बताएका छन् ।
सम्मेलनमा सहभागी हुन कांग्रेसका नेता कार्यकर्ता गाउँ गाउँबाट बागलुङ सदरमुकाम आएका छन् । कार्यक्रममा सहभागी हुन सभापति देउवा शुक्रबार हेलिकप्टरबाट बागलुङ आएका हुन् ।
कार्यक्रममा नेता कृष्णप्रसाद सिटौला, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे, सभापति जितबहादुर शेरचन लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।



बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया