नेविसंघका केन्द्रीय सदस्यहरूको पदस्थापना तथा सम्मान कार्यक्रम

काठमाडौं । नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्यहरूको पदस्थापना तथा सम्मान कार्यक्रम राखिएको छ ।

कात्तिक २० र २१ गते काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा बिहान ८ बजे पदस्थापना र सम्मानको कार्यक्रम हुनेछ ।

नेविसंघको केन्द्रीय कार्यसमितिले सो कार्यक्रम राखेको अध्यक्ष दुजाङ शेर्पाले बताएका छन् ।

नवनियुक्त केन्द्रीय सदस्यहरूलाई पदस्थापना तथा सम्मानको कार्यक्रम राखिएको उनले बताए ।

Published : Friday, 2023 November 3, 12:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया