पूर्वएआईजीले विवादित महिला तारालाई पत्नी बनाउने
काठमाडौं । नेपाल प्रहरीका पूर्वएआईजी रणबहादुर चन्द र कथित अभियन्ता तारा बरालबीच बिहे गर्ने सहमति भएको कागज सामाजिक सञ्जालमा आएको छ ।
उनीहरूबीच बिहे गर्ने सहमति भएको कागजातसमेत गरिएको छ । चन्द डिभोर्सी हुन् । बराल एकल महिला हुन् ।
उनीहरूले कानूनी रुपमै बिहेको प्रक्रिया अगाडि बढाएका छन् ।
पत्रकार कुट्ने, जथाभावी बोलेर सर्वसाधारणको चरित्र हत्या गर्ने जस्ता हर्कत गर्दै आएकी बराल निकै विवादित महिला हुन् ।
यसअघि चन्द र बरालबीच सम्बन्ध रहेको चर्चा चलेको थियो । बेलाबेला विवादमा आइरहने बरालले आफूलाई स्वघोषित अभियन्ता बताउने गरेकी छिन् । चितवनीकी बराल राजाको भक्त हुन् । दशैँको बेला पूर्वराजा ज्ञानेन्द्र शाहको हातबाट टीका लगाएकी थिइन् ।
सामाजिक सञ्जालबाट बाहिरिएको भनिएको बिहे गर्ने सहमति पत्रको आधिकारिकताका विषयमा जानकारी लिन बराल र चन्दसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । उनीहरूका बीच प्रेम सम्बन्ध रहेको भनेर बेलाबेला समाचार आइरहेका थिए ।

बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया