बालेनको प्वाँख पलायो, एमालेकी नेतृ अनिताले पोल खोलिन
काठमाडौं । बुढानिलकण्ठ नगरपालिकाकी मेयर तथा मेयर्स फोरमको कार्यक्रम आयोजक अनिता लामाले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’को हर्कतको भण्डाफोर गरेकी छिन् ।
एमालेकी नेतृ समेत रहेकी उपमेयर लामाले बालेनलाई औकातमा बस्न घुमाउरो शैलीमा चेतावनी दिएकी छिन् । बालेनका गतिविधिहरू अराजक भएको उनले बताएकी छिन् ।
काठमाडौं उपत्यकाका महानगर र नगरपालिकाहरू सम्मिलित मेयर्स फोरमको मंगलबारको बैठक बहिरष्कार गरेर मेयर बालेन हिँडेका थिए । कार्यक्रमबाट बालेन रिसाएर हिँडेको चर्चासँगै १७ वटा नगरपालिकाले प्राइभेट कम्पनीबाट पैसा खाएर बैठक बसाएको भन्दै आपत्तिजनक शब्दसहित सामाजिक सञ्जालमा स्टाटस लेखेका थिए ।
सामाजिक सञ्जालमा असन्तुष्टि पोखेका बालेनलाई उपमेयर लामाले सञ्जालबाटै जवाफ दिएकी छिन् । लामाले लेखेकी छिन्, काठमाडौं महानगर मेयरज्यूको स्टन्ट र मेयर्स फोरम पाँचौ बैठकको सत्यतथ्य ! काठमाडौं महानगरका मेयरज्यू समयमै बैठकमा आउनुभयो ।’

उनले भनिन्, ‘बैठकमा सबैको आशनग्रहणपछि स्वागत मन्तव्य बैठक आयोजना गर्ने बुढानीलकण्ठ नगरपालिकाको तर्फबाट मैले राखें । त्यसपछि राष्ट्रिय गान गाइयो ।’
‘त्यसपछि फोरमका अध्यक्षज्यू ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनज्यूले बैठकको ऐजेण्डा प्रस्तुत गर्नका लागि सहजकर्तातर्फ रूलिङ गर्नुभयो’, लामाले भनिन्, ‘त्यतिबेलै काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहज्यूले एकछिन् एकछिन्’ भनेर हात उठाउनुभयो ।’
‘बैठकका अध्यक्षज्यूले ऐजेण्डामाथि जाउँ अनि त्यसमाथि व्यापक छलफल गरौं भन्ने प्रस्ताव राखीरहनुभएको बेलामै काठमाडौं महानगरका प्रमुखज्यू जुरूक्क उठ्नुभयो र मैले बोल्न नपाउने भन्नुभयो’, लामाले भनेकी छिन् ।
‘बैठकका अध्यक्षज्यूले मेयर फोरमको सचिवालयले ऐजेण्डा निर्धारण गरेको र पहिला ऐजेण्डामाथि नै प्रवेश गरौं त्यसपछि बोल्ने हो, बोल्न नदिने भनेकै छैन भन्नुभयो’, लामाले भनिन्, ‘लगत्तै काठमाडौं महानगरका मेयरज्यू बोल्न नदिने भन्दै छिटोछिटो बैठक हलबाट बाहिरिनुभयो ।’
उनले भनिन्, ‘बैठक ऐजेण्डामा प्रवेश भयो । नेपवेष्टले आफ्नो प्रस्तुति दिएपछि घनिभूत छलफल भयो । सबै प्रमुख, उपप्रमुखले नेपवेष्टको आधिकारिकता, त्यसमाथि उठिरहेको आशंका, प्रश्न र योजना कार्यान्वयनको विश्वसनीयता, लगानी आदिमाथि धेरै प्रश्नहरू गर्नुभयो ।’
‘नेपवेष्टमाथि सबै पालिकाका प्रतिनिधिले यस्तरी सिधै प्रश्न एवम् प्रस्तुति गरि अन्तरक्रिया गर्न पाएको यही अवसर रहेछ’, लामाले भनिन्, ‘नेपवेष्ट भने काठमाडौं महानगरसँगको समन्वयमा मात्रै आफूलाई निर्धारण गरिरहेको रहेछ ।’
‘नेपवेष्टले पनि बिस्तृत रूपमा काठमाडौं उपत्यकाभरिका सबै पालिकामा आफ्नोे कुरा राख्ने एकपटक अवसर खोजेको रहेछ’, लामाले भनिन्, ‘त्यहीँ त्यही बेलामा हामी धेरैले यो कुराको विषयमा जानकारी पायौं ।’
‘बैठकमा प्रस्तुति र प्रश्नहरू मात्रै भयो, निर्णय सिफारिश केही गरिएको छैन’, उनले भनिन्, ‘१३ वर्षसम्म अल्झिएको जटिलताको विषयमा सुसूचित मात्रै हुने काम भयो ।’
उपप्रमुख लामाले भनिन्, ‘तर मेयर बालेन्द्र शाहज्यूले यो बैठकको विषयलाई लिएर दिनुभएको आपत्तिजनक अभिव्यक्तिप्रति उक्त बैठकको मात्र साक्षी एवम् जिम्मेवार सदस्यको हैसियतले खेद प्रकट गर्दछु ।’

‘बैठकको न्यूनतम मर्यादा पालना नगर्ने, गर्नै नपर्ने अवस्था सृजना गरिदिई सबै चोर, देश बेचुवा, ‘काठमाडौं बिक्रीमा छैन’ जस्तो विकृत अभिव्यक्ति दिने छुट वहाँले कतिञ्जेल पाइरहने ?’, लामाले प्रश्न गरेकी छिन् ।
‘नेपवेष्टसँगको विषय टुङ्ग्याउन स्वयं काठमाडौं महानगर बढि जिम्मेवार हुनुपर्ने बुझियो’, उनले भनिन्, ‘तर महानगर प्रमुखज्यूको यस्तो अराजक गैर जिम्मेवार स्टन्ट मात्रै कतिञ्जेल हेरिरहने, सुनिरहने ?’
मेयर बालेनले निकै निच हर्कतहरू गर्दै आएका छन् । उनका अराजक गतिविधि र हर्कतले धेरैको मनमा चोट लागेको छ । मुखमा जे आउँछ त्यो बोल्ने, तुच्छ अभिव्यक्ति दिने, सामाजिक सञ्जाल दुरुपयोग गर्ने जस्ता गतिविधि बालेनले गर्दै आएको छ ।
मेयर बालेनको प्वाँख पलाउन थालेको भनेर टिकाटिप्पणी हुन थालेका छन् । बालेनले आफूलाई समयमा सुधार नगर्ने हो भने राज्यबाट ठूलो मूल्य चुकाउनुपर्नेछ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया