सचिव पदमा अर्याल र पुडासैनीको बढुवा
काठमाडौं । सह–सचिवद्वय राधिका अर्याल र विश्वबाबु पुडासैनीलाई सरकारले सचिव पदमा बढुवा गरेको छ ।
बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले अर्याल र पुडासैनीलाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको स्रोतले जनाएको छ ।
लोकसेवा आयोगको सचिव बढुवा सिफारिस समितिले सह–सचिवद्वय अर्याल र पुडासैनीलाई सचिव पदमा बढुवाका लागि सिफारिस गरेको थियो ।
प्रशासनतर्फबाट सचिव बनेकी अर्याल हाल लुम्बिनीको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयकी कामु प्रमुख सचिव छिन् ।
इन्जिनियरिङतर्फको सचिव बनेका पुडासैनीको नाम एकल रुपमा सिफरिस भएको थियो ।
निजामती सेवाका सचिवद्वय डा. दामोदर रेग्मी र अर्जुनजंग थापा उमेरहदका कारण अनिवार्य अवकाशमा गएपछि अर्याल र पुडासैनी सचिव बनेका हुन् ।
Published : Thursday, 2023 November 2, 12:04 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया