अभिव्यक्ति दिएकै भरमा नेपाली सेनाले उजुरी गरेर मान्छे थुनायो
काठमाडौं । नेपाली सेनाको उजुरीपछि डिल्लीराम खनाललाई प्रहरीले पक्राउ गरेर थुनामा राखेको छ ।
खनालले सामाजिक सञ्जालमार्फत नेपाली सेनाप्रति घृणा र द्वेष फैलाउने कार्य गरेको अभियोगमा सोमबार पक्राउ विज्ञप्तिमा उल्लेख छ ।
झापाको दमक नगरपालिका–५ वतन भएका ४६ वर्षीय खनाललाई सोमबार प्रहरीले पक्राउ गरेको छ । अभिव्यक्ति दिएकै भरमा सेनाले उजुरी दिएर प्रहरीमा मान्छे थुनाएपछि अभिव्यक्ति स्वतन्त्रतामाथि सेनाले अंकुश लगाउन थालेको हो कि भन्ने प्रश्न उठेको छ ।
सामाजिक सञ्जाल मार्फत नेपाली सेनाप्रति घृणा र द्वेष फैलाउने सामग्री प्रकाशन तथा प्रदर्शन गरेकोले कारवाहीको लागि नेपाली सेनाबाट पत्राचार भएपश्चात साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले प्राविधिक विश्लेषण तथा अनुसन्धान गर्ने क्रममा खनालको संलग्नता रहेको खुल्न आएपछि उनलाई काठमाडौंबाट पक्राउ गरेको हो ।
उनी उपर विद्युतीय कारोबार ऐन, २०६३ बमोजिमको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया