विराटनरमा करीव २२ लाखसहित युवक पक्राउ

विराटनगर । मोरङको विराटनगरबाट प्रहरीले एक युवकलाई नगद पैसा र चेकसहित पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिका–६ स्थित शनि मन्दिर नजिकबाट स्रोत नखुलेको २१ लाख ८७ हजार रूपियाँसहित सोही ठाउँ बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय प्रादेशिक अनुसन्धान समूहबाट खटिएको प्रहरीले उनलाई उक्त रकम तथा कुमारी बैंकको चेकबुक १ थान, एनआईसी एसिया बैंकको चेकमा उमेशकुमार भगतको नाममा ८६ हजार ८ सय रूपियाँ काटिएको चेक १ थान र ग्लोबल आईएमई बैंकमा विभिन्न मितिमा १६ लाख ६९ हजार ५ सय रूपियाँ जम्मा गरेको रसिद ४ थानसहित पक्राउ गरेको हो ।

Published : Wednesday, 2023 November 1, 11:38 am

फेसबुकबाट तपाईको प्रतिक्रिया