काठमाडौंमा सुनको अबैध कारोबार गर्ने पाँच जना पक्राउ
काठमाडौं । अवैध रूपमा भन्सार छलि सुनको कारोबार गरेको अभियोगमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–९ सिनामंगल शम्भुमार्गबाट आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
पक्राउ पर्नेहरुमा भोजपुरको सालपासिलिछो गाउँपालिका–४ ठेगाना भएका २४ वर्षीय अमृतधन राई, सुनसरीको ईनरूवा नगरपालिका–९ ठेगाना भएका ४४ वर्षीय नजिर मन्सुर, धनुषाको हंसपुर नगरपालिका–८ ठेगाना भएका ४९ वर्षीय कारी ईसार केवट, खोटाङको रूपाकोट मजुवागढी नगरपालिका–१५ ठेगाना भएका २८ वर्षीय अर्जुन भट्टराई र गोरखाको गण्डकी गाउँपालिका–२ घर भई हाल काठमाडौं महानगरपालिका–१६ बालाजु बस्ने ३० वर्षीय अनिष थापा रहेका छन् ।
कतारबाट आएका केही व्यक्तिहरूले भन्सार छलि अवैध रूपमा सुन ल्याई कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा प्रहरीले उनीहरूलाई २ सय १४ ग्राम ३६ मिलिग्राम तौल भएको सुनको ढिक्का ३ थानसहित पक्राउ गरेको थियो ।
५० ग्राम ०१ मिलिग्राम तौल भएको सिक्री ३ थान र नगद १ लाख १० हजार रूपियाँ पनि बरामद भएको छ ।
उनीहरूलाई भन्सार ऐन, २०६४ अन्तर्गतको कसूरमा आवश्यक कारबाही तथा अनुसन्धानका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर काठमाडौं पठाइएको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया