डा.लामाद्वारा गुटेरेसको लुम्बिनी भ्रमणको तयारीबारे मुख्यमन्त्री र मन्त्रीलाई बिफ्रिङ
काठमाडौं । लुम्बिनी विकास कोषका उपाध्यक्ष तथा पूर्वसांसद डा.ल्यारक्याल लामाले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको लुम्बिनी भ्रमणको तयारीका बारेमा जानकारी गराएका छन् ।
सोमबार लुम्बिनीमा बसेको बैठकमा उपाध्यक्ष डा.लामाले महासचिव गटेरेसको लुम्बिनी भ्रमणका विषयमा भएका सम्पूर्ण तयारीका बारेमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई जानकारी गराएका हुन् ।
महासचिव गुटेरेसले मंगलबार लुम्बिनीको भ्रमण गर्न लागेका छन् । उनले लुम्बिनीबाट विश्व शान्तिको आह्वान गर्नेछन् । गुटेरेसको भ्रमणलाई सफल र ऐतिहाँसिक बनाउन उपाध्यक्ष डा.लामा आफै खटिएका छन् । डा.लामाले भ्रमणलाई सफल बनाउन विगत एक महिनादेखि निरन्तर तयारीहरू गरिरहेका छन् ।
बैठकमा राष्ट्रपतिका राजनीतिक प्रमुख सल्लाहकार सुनिलबहादुर थापा, सुरक्षा निकायका प्रतिनिधि, कोषका पदाधिकारी र कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया