ट्याक्टरको ठक्करबाट आठ वर्षीय बालकको मृत्यु

काठमाडौं । जाजरकोट जिल्लामा ट्याक्टरको ठक्करबाट एकजना बालकको मृत्यु भएको छ ।

भेरी नगरपालिका–६ भेरेखर्कमा क.प्र.०२००१ त ०१६० नम्बरको ट्याक्टरको ठक्करबाट सोही नगरपालिका–६ बस्ने बस्ने किरण महताराका छोरा ८ वर्षीय केशव महताराको शुक्रबार दिउँसो घटनास्थलमै मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ ।

प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Published : Monday, 2023 October 30, 7:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया