असार २७ र भदौ २३ गते राति आफ्नै घरमा ल्याई किशोरीसँग करणी

काठमाडौं । बैतडी जिल्लामा जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

१८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पञ्चेश्वर गाउँपालिका–४ लडागाउँ बस्ने १८ वर्षीय किशोरलाई आइतबार राति प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

किशोरले गत असार २७ गते राति र भदौ २३ गते राति ती किशोरीलाई आफ्नै घरमा ल्याई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय तस्वदेहीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Published : Monday, 2023 October 30, 12:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया