बुवालाई मार्छु भनेर राखेको बन्दुक प्रहरीद्वारा बरामद
काठमाडौं । प्रहरी अर्घाखाँचीबाट भरूवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ ।
भूमिकास्थान नगरपालिका–९ निनुखर्क बस्ने २६ वर्षीय विष्णु कुँवरलाई एकनाले भरूवा बन्दुक १ थानसहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
विष्णु कुँवरले आफ्नै बुवालाई घरमा राखेको बन्दुक देखाई काट्छु मार्छु भनेको खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी धन्चौरबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुकसहित पक्राउ गरेको हो ।
Published : Monday, 2023 October 30, 12:38 pm
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया