फर्जी बिल बनाएर गिट्टी, बालुवा चोरी गर्ने सात वटा टिपरहरू पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय बाराले अबैध सामानसहित सात वटा टिपरलाई नियन्त्रणमा लिएको जनाएको छ ।
आइतबार राति साढे आठ बजे बाराको जितपुरसिमरा उप–महानगरपालिका वडा नं. १६ स्थित खटिएको प्रहरीको टोलीले विषेश सूचनाको आधारमा टिपरहरूलाई चेकजाँच गर्दा अबैध सामग्रीहरू पनि बरामद भएको विज्ञप्तिमा उल्लेख छ ।
बिलविजकभन्दा बढी परिमाणमा रहेको गिट्टी बालुवासहित टिपरहरू नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडि बढाइएको प्रहरीले जनाएको छ । पक्राउ परेका टिपरहरूले गिट्टी, बालुवा लगायतका सामग्री चोरी निवासी गर्दै आएका छन् ।
अन्य जिल्लाहरूमा पनि टिपरहरूले बिलविजकभन्दा धेरै परिणाममा सामग्री बोकेर हिँड्ने गर्छन् ।
प्रहरीले प्र.२–०३–००१.ख.७०८३, प्र.२–०३–००१ ख ६०३९, ना.८.ख.२३७९, ना.५ख ७२७९, ना.८ ख ४५२४, प्र.२–०३–००१ख ५९०४, प्र.२–३–००१ ख ५५१४ नम्बरका टिपरहरू नियन्त्रणमा लिइएको विज्ञप्तिमा उल्लेख छ ।





बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया