लाखौँको सामानसहित झापातिर हिँडेको ट्रक अमलेखगञ्जमा पक्राउ

काठमाडौं । बाराको जितपुरसिमरा उप–महानगरपालिका वडा नं. ७ अमलेखगंज चोकबाट प्रहरीले ६२ लाख एकसठ्ठी हजार पाँच सय सैतीस रुपियाँ बराबरको अबैध सामान बोकेको ट्रक नियन्त्रणमा लिएको छ ।

आइतबार बिहान सवा १ बजे अमलेखगञ्ज चोकमा चेकजाँच गर्ने क्रममा ना.३ ख ७१६३ नम्बरको ट्रक नियन्त्रणमा लिइएको विज्ञप्तिमा उल्लेख छ ।

विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले वीरगंजबाट झापातर्फ जाँदै गरेको ट्रकलाई चेकजाँच गर्दा हार्डवेयर तथा अटो पार्टका सामानहरू बिल विजकभन्दा धेरै श्रोत खुलाउन नसकेको ६२ लाख ६१ हजार ५ सय ३७ रुपियाँ बराबरको सामानसहित ट्रक नियन्त्रणमा लिइएको थियो ।

सामानसहितको ट्रकलाई आवश्यक कानूनी प्रकृया अगाडि बढाइएको बारा प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Published : Sunday, 2023 October 29, 11:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया