तेह्र लाख बीस हजारसहित अरुण पक्राउ

काठमाडौं । महोत्तरी जिल्लामा प्रहरीले ४० वर्षीय अरुण पंजियारलाई स्रोत नखुलेको १३ लाख २० हजार रुपियाँसहित पक्राउ गरेको छ ।

आइतबार दिउँसो महोत्तरीको जलेश्वर नगरपालिका वडा नं. ७ वखरी चोकस्थित सम्सीबाट जलेश्वरतर्फ आउँदै गरेको ना. ३ ख २८७८ नम्बरको बसमा खानतलासी गर्दा पंजियारलाई रकमसहित पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ पर्ने परेका पंजियार भारतको सीतामढी गाढ़ा बेला पंचायत बस्ने व्यक्ति हुन् ।

Published : Sunday, 2023 October 29, 10:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया