महासचिवको सुरक्षा तयारीबारे उपाध्यक्ष डा.लामाद्वारा सुरक्षा प्रमुखहरूसँग परामर्श

लुम्बिनी । लुम्बिनी विकास कोषका उपाध्यक्ष तथा संविधानसभाका सदस्य डा.ल्हारक्याल लामा (खेन्पो छिमे)ले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेको लुम्बिनी भ्रमणको सुरक्षा व्यवस्थाका विषयमा जानकारी लिएका छन् ।

आइतबार उपाध्यक्ष डा.लामाले सुरक्षा निकायका उच्च अधिकारीहरूसँग सुरक्षाको अवस्थाबारे जानकारी लिएका हुन् । उनले महासचिव गुटेरेको सुरक्षामा विषेश ध्यान दिन सुरक्षा निकायहरूसँग अनुरोध गरेका छन् ।

महासचिव गुटेरेले कात्तिक १४ गते मंगलबार बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्नेछन् । उपाध्यक्ष डा.लामाले रुपन्देहीका सुरक्षा प्रमुख, कोषका पदाधिकारी र कर्मचारीहरूसँग सुरक्षा व्यवस्थाका बारेमा परामर्श गरेका हुन् ।

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरे हेलिकप्टरबाट लुम्बिनी आउनेछन् । उनको स्वागतमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी पनि आउनेछन् । महासचिव गुटेरेको स्वागतमा लुम्बिनीमा प्रधानमन्त्री पुष्पकमल दाहाल पनि आउने तयारी भएको छ ।

Published : Sunday, 2023 October 29, 10:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया