काठमाडौंको दृश्या होटलमा प्रहरी छापा, पैसासहित मानिसहरू पक्राउ
काठमाडौं । काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा छुट्टाछुट्टै स्थानबाट २६ जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
काठमाडौं महानगरपालिका–१४ कलंकीस्थित चितवनको भरतपुर महानगरपालिका–१० घर भई हाल काठमाडौंको बल्खु डेरा गरी बस्ने ४४ वर्षीय झविन्द्र सापकोटाको दृश्या होटलमा प्रहरीले छापामारेको छ ।
होटलमा जुवातास खेलिरहेको अवस्थामा सापकोटा समेत ८ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
विशेष सूचनाको आधारमा प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ४ लाख १२ हजार रूपियाँ र ६ बुक ताससहित पक्राउ गरेको छ ।
उता, कैलालीको धनगढी उप–महानगरपालिका–१३ राजपुरस्थित खाली टहरामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३१ वर्षीय कमल बडायक समेत १२ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई नगद १ लाख १ हजार ३ सय ६५ रूपियाँ र ३ बुक ताससहित पक्राउ गरेको छ ।
मोरङको सुन्दरहरैचा नगरपालिका–१० बिराटचोक बस्ने ३७ वर्षीय सुशिल कुमार काफ्लेको घरमा जुवातास खेलिरहेको अवस्थामा काफ्ले समेत ६ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारी र ईलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई नगद १ लाख ५१ हजार २ सय २५ रूपियाँ र ३ बुक ताससहित पक्राउ गरेको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया