महिला प्रहरी काण्डमा परे हुम्लाका प्रहरी प्रमुख भट्टराई
काठमाडौं । महिला प्रकरणमा परेपछि गृह मन्त्रालयले जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी प्रमुख (डीएसपी) भीमलाल भट्टराई निलम्बन गरेको छ ।
डीएसपी भट्टराईविरुद्ध महिला प्रहरीमाथि यौन हिंसा गरेको उजुरी परेको छ । त्यसपछि उनी जिम्मेवारीबाट हटाइएका छन् भने पदबाट निम्बनमा पनि परेका छन् ।
रक्सी खाएर सिमकोट विमानस्थलमा कार्यरत महिला प्रहरीमाथि डीएसपी भट्टराईले यौन दुर्व्यवहार गरेको उजुरी परेको थियो ।
उनलाई कार्यालयकै महिला प्रहरीले मदिराको नशामा यौन दुर्व्यवहार गरेको उजुरी प्रधान कार्यालयमा दर्ता गरेकी थिइन् ।
भट्टराईलाई प्रहरी प्रधान कार्यालयले हुम्ला जिल्लाको प्रहरी प्रमुखको जिम्मेवारीबाट समेत हटाएर कर्णाली प्रदेश प्रहरी कार्यालय तानेको छ ।
जिल्ला प्रहरी कार्यालय हुम्लाको प्रहरी प्रमुखमा डीएसपी रविन्द्र खनाललाई पठाइएको छ ।
निलम्बनमा परेपछि डीएसपी भट्टराईले अहिले आफू निक्कै तनाबमा रहेको बताएका छन् । उनले केही दिनमा सत्य कुरा बताउने बताएका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया