फलाँटेमा लाक्पाडिकु शेर्पाको हत्या, दावा पक्राउ
काठमाडौं । खोटाङ जिल्लामा ३६ वर्षीया लाक्पाडिकु शेर्पाको आफ्नै पतिले हत्या गरेका छन् ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ लालिखर्कस्थित फलाँटे बस्ने लाक्पा डिकु शेर्पा घर नजिकै गोरेटो बाटोमा बिहीबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
उनकै श्रीमान ४० वर्षीय दावा शेर्पाले मादक पदार्थ सेवन गरी सामान्य वादविवादमा चिर्पट प्रहार गरेको र लाक्पा बाटोमा मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय खोटाङ समेतबाट खटिएको प्रहरीले दावालाई आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।
यता, झापाको अर्जुनधारा नगरपालिका–११ नँया बसपार्कस्थित मे.१ ज १३३८ नम्बरको बोलेरोमा पाँचथरको ओयामबाट यात्रा गर्दै आएका हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरूष बसेको सिटमै शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया