मधुवनबाट पाँच जनाको समूह पक्राउ
काठमाडौं । बर्दिया जिल्लामा प्रहरीले लागुऔषधसहित पाँच जनालाई पक्राउ गरेको जनाएको छ ।
मधुवन नगरपालिका–६ गाउँ नम्बर ४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित ५ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
पक्राउ पर्नेहरूमा मधुवन नगरपालिका–७ गाउँ नम्बर ७ बस्ने २३ वर्षीय संदीप नेपाली, सोही नगरपालिका–५ गाउँ नम्बर ८ बस्ने २२ वर्षीय माधब भण्डारी, सोही नगरपालिका–६ गाउँ नम्बर ४ बस्ने गणेश ओली, सोही नगरपालिका–७ बस्ने १८ वर्षीय किशोर र १६ वर्षीय किशोर रहेका छन् ।
ईलाका प्रहरी कार्यालय ढोढरीबाट गस्तीमा खटिएको प्रहरी टोलीले संदीप नेपालीलाई ४० मिलिग्राम, माधब भण्डारीलाई ३० मिलिग्राम, गणेश ओलीलाई २ सय मिलिग्राम तथा नगद २४ हजार ४ सय २६ रूपियाँ र दुई जना किशोरलाई ६० मिलिग्राम उक्त पदार्थसहित पक्राउ गरेको हो ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया