गोकुल र सिलवालको घरमा प्रहरी छापा, १३ लाखसहित कौडाहरु बरामद
काठमाडौं । दशैँको अवसरमा जुवातास खेलिरहेको अवस्थामा छुट्टाछुट्टै स्थानबाट प्रहरीले १९ जनालाई करीव १२ लाख नगदसहित पक्राउ गरेको जनाएको छ ।
ललितपुरको गोदावरी नगरपालिका–५ लेले बस्ने नवीन सिलवालको घरमा छापामारेको छ । सिलवालको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३५ वर्षीय सुरेन्द्र महत समेत १० जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७ लाख ९९ हजार रुपियाँ, १६ थान कौडा, ९ बुक तास र १० थान मोबाइलसहित पक्राउ गरेको हो ।
उता, मकवानपुरको हेटौंडा उपमहानगरपालिका–७ देवीबन टोल बस्ने गोकुलनाथ पौडेलको घरमा पनि प्रहरीले छापामारेको छ ।
पौडेलको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका–८ बस्ने ४० वर्षीय अजय खड्का समेत ९ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ६५ हजार ३ सय ९० रुपियाँ र ४ बुक ताससहित पक्राउ गरेको हो ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया