लागूऔषधसहित दुई जना पक्राउ
काठमाडौं । कैलालीमा प्रहरीले दुई जनालाई लागुऔषधसहित पक्राउ गरेको जनाएको छ ।
धनगढी उपमहानगरपालिका–३ त्रिनगर ब्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम १ सय ५० मिलिग्रामसहित सोही उपमहानगरपालिका–४ बोराडाँडी बस्ने २२ वर्षीय विज्ञान बस्नेतलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई लागूऔषधसहित पक्राउ गरेको हो ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेब बजारबाट अवैध लागूऔषध खैरो हेरोईन १ ग्राम ३७ मिलिग्रामसहित सोही नगरपालिका–१० बस्ने २४ वर्षीय प्रमल नाथलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय ब्रह्मदेबबाट खटिएको प्रहरीले भारत टनकपुरबाट नेपालतर्फ आउँदै गरेको म.१ प ७१३४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक प्रमललाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया