दाङको उत्तरी बेल्ट रक्षाचौर-घोराही सडक कालोपत्रे गर्न गिरीद्वारा अर्थमन्त्रीसँग आग्रह

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतसँग भेट गरेर नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले दाङको रक्षाचौर–खाद्रे–विजौरी–हापुर–घोराही सडकलाई यथाशीघ्र कालोपत्रे निर्माण कार्य सुचारु गर्न आग्रह गरेका छन् ।

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा डा.महतसँग भेट गरेर प्रतिनिधिसभाका सांसद समेत रहेका नेता गिरीले छिटोभन्दा छिटो कालोपत्रेका लागि प्रक्रिया अगाडि बढाउन माग गरेका हुन् ।

नेता गिरीको आग्रहपछि डा.महतले सडकको कालोपत्रे गर्ने विषयमा आफू सकारात्मक रहेको भन्दै मातहतलाई काम अगाडि बढाउन निर्देशन दिने जनाएका छन् ।

गिरीले दाङ जिल्लाका अन्य विविध विकासका योजनाहरूको बारेमा पनि परामर्श गरेका छन् ।

अर्थमन्त्री डा.महतसँगको भेटमा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन, लुम्बिनी प्रदेश सभाका सदस्य प्रचण्डविक्रम न्यौपाने पनि उपस्थित रहेका थिए ।

Published : Friday, 2023 October 20, 6:41 am

फेसबुकबाट तपाईको प्रतिक्रिया