मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

काठमाडौं । नवलपरासी पश्चिममा मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ ।

सरावल गाउँपालिका–१ सालबासमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५२ वर्षीय गोविन्द भण्डारीको बुधबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

Published : Thursday, 2023 October 19, 12:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया