जनयुद्ध दिवस कांग्रेसले मान्दैन : महामन्त्री थापा
काठमाडौं । नेपाली कांग्रेस महामन्त्री गगन थापाले जनयुद्ध दिवस कांग्रेसलाई मान्ने नहुने बताएका छन् ।
बिहीबार काठमाडौंमा नेपाल प्रेस युनियन काठमाडौं शाखाले आयोजना गरेको कार्यक्रममा थापाले कथित जनयुद्ध दिवस कांग्रेसलाई मान्य नरहेको बताए ।
उनले भने, ‘फागुन १ गते जनयुद्ध दिवसका रुपमा कांग्रेस मान्दैन । त्यो माओवादी पार्टीको कुरा हो । हामी मान्दैनौँ ।’
थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राम्रा काम आफूले र नराम्रो काम कांग्रेस गरेको आरोप लगाएको बताए ।
‘प्रधानमन्त्रीले राम्रो जति मेरो, नराम्रो जति कांग्रेसको भन्नुहुन्छ’, उनले भने, ‘मन्त्रीहरूले कांग्रेसका कारण काम गर्न सकिन भनेर समाचार लेखाएका छन् ।’
थापाले भने, ‘त्यसैले मैले निश्चित समय तोकेर सरकार कसले चलाउने टुंगो लगाउनुपर्छ ।’
उनले पपुलिजम रोगका रुपमा देखिएको बताएका छन् । उनले भने, ‘अहिले विश्वमा पपुलिजको रोग छ । यो रोगविरुद्ध प्रेसका साथीहरू उभिनुपर्छ । प्रेसका समस्यामा हामी गम्भीर भएर लाग्छौँ ।’
पार्टीभित्रको समस्या र अन्यायबारे आगामी महासमिति बैठकमा गम्भीर छलफल हुने महामन्त्री थापाले बताएका छन् ।
उनले सरकारै सरकारमा रहेको पार्टीका नेता कार्यकर्तालाई ८४ मा हारिन्छ भनेर किन चिन्ताभन्दै प्रश्न गरेका छन् ।
चुनावअघि गठबन्धन गर्ने कुरा सैद्धान्तिक हिसाब गलत भएको भन्दै उनले महासमिति बैठकले यसबारे धारण बनाउनुपर्ने बताएका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया