भीआईपीको सुरक्षामा खटिएका प्रहरी सहायक हवल्दारको ग्याङको चर्तिकला
काठमाडौं । प्रहरीले कैलाली जिल्लामा तीन जनालाई चितुवाको छाला र चरेससहित पक्राउ गरेको छ ।
धनगढी उप–महानगरपालिका–४ स्थित जुमेरा होटलबाट प्रहरीले चितुवाको छाला र चरेशसहित ३ जनालाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेमा सूदुरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत प्रहरी सहायक हवल्दार करनबहादुर चन्द, बाजुरा घर भएका कृष्ण रोकाया र हेमराज जोशी छन् ।
आरोपितहरूको साथबाट १ फिट १० इन्च लामो चितुवाको छाला र ६ किलो ७४० ग्राम लागुऔषध चरेश बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता (डीएसपी) कुलदीप चन्दले बताए ।
आरोपितहरूले चरेश प्रतिकेजी ५० हजार र चितुवाको छाला प्रतिफट ५० हजारको दरले बेच्न मूल्य तोकेका थिए ।
किनबेच भइरहेको सूचना पाएपछि होटलमा छापा मारेर पक्राउ गरिएको प्रवक्ता चन्दले बताए ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया