सरकारी अस्पताल छाडेर प्रधानमन्त्री दाहालले निकै महँगो निजी अस्पतालमा परीक्षण गराए
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य परीक्षण गराएका छन् ।
मंगलबार साँझ काठमाडौंको थापाथलीस्थित निकै महँगो निजी अस्पताल नर्भिकमा स्वास्थ्य परीक्षण गराएका हुन् ।
उनले नियमित स्वास्थ्य परीक्षण गराएको निजी सचिवालयले जनाएको छ । स्वास्थ्य परीक्षण सकेर प्रधानमन्त्री दाहाल निवास फर्किएका छन् ।
निजी चिकित्सक डा. युवराज शर्माको सल्लाहअनुसार चेकजाँचका लागि दाहाल अस्पताल गएका हुन् ।
प्रधानमन्त्रीको छातीमा केही समस्याजस्तो देखिएपछि चेकजाँच गर्न डा. शर्माले सुझाव दिएको बताइएको छ ।
प्रधानमन्त्री दाहाल स्वास्थ्य परीक्षणको लागि सरकारी अस्पतालमा गएनन् । उनी सिधै नर्भिक अस्पताल पुगेका छन् ।
वीर अस्पताल, त्रिवि शिक्षण अस्पता महाराजगञ्ज लगायतका राम्रा सरकारी अस्पताल छन् । सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेना र नेपाल प्रहरी तथा निजामती कर्मचारी अस्पताल पनि छ ।
प्रधानमन्त्री दाहाल ती अस्पतालमा गएनन् । सरकारी अस्पतालप्रति दाहाललाई विश्वास लागेको छैन ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया