हेलिकप्टरमार्फत कांग्रेसका सांसद बजगाइँले साम्दोबाट तीन जनाको उद्धार गरी ज्यान बचाए (भिडियो)
काठमाडौं । गोरखाको उत्तरी क्षेत्र साम्दोमा लेक लागेर बिरामी परेका तीनको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।
नेपाली कांग्रेसका प्रतिनिधिसभाका सांसद राजेन्द्र बजगाइँले तीन जनाको हेलिकप्टरबाट उद्धार गरेका हुन् ।
चुमनुव्री गाउँपालिका–१ साम्दोबाट लेक लागेर बिरामी परेका गोरखाको सिरानचोक गाउँपालिका–३ हर्मीका वसन्त घिमिरे, चितवनको भरतपुरका कपिल घिमिरे र सुवोध अर्यालको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।
बिरामीलाई हेलिकोप्टरमार्फत साम्दोबाट उद्धार गरी काठमाडौं पुर्याइएको छ । लार्केपासका लागि गएका तीन जनालाई साम्दोमा पुगेपछि लेक लागेको थियो ।
उद्धारका लागि हेलिकोप्टर पुगेलगत्तै हिउँ परेपछि केहीसमय हेलिकोप्टर उड्न समस्या परेको थियो ।
गोरखाको अन्तिम गाउँ साम्दो समुन्द्री सतहबाट करिब तीन हजार आठ सय मिटर उचाइँमा पर्छ । उनीहरू बिरामी परेको जानकारी आएपछि सांसद बजगाइँले जिल्ला प्रशासन कार्यालय गोरखाका साथै गृह मन्त्रालयसँग आवश्यक समन्वय गरेर हेलिकोप्टरमार्फत उद्धार गरेका हुन् ।



बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया