बालेनले दशैँको बेला पाण्डेलाई एसएसपीमा बढुवा गरेर दिए सरप्राइज

काठमाडौं । काठमाडौं महानगरपालिकाले नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई नगर प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवा गरेको छ ।

मंगलबार बसेको नगर कार्यपालिकाको बैठकले पाण्डेलाई नगर प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको हो ।

काठमाडौं महानगरपालिकाको नगर प्रहरी ऐनमा नगर प्रहरी प्रमुख एसएसपी हुने प्रावधान छ ।

महानगरपालिकाको सुशासन समितिका संयोजक ख्यामराज तिवारीले पाण्डेको बढुवाको प्रस्ताव गरेका थिए । सो प्रस्तावलाई बैठकले सर्वसम्मत पारित गरेको छ ।

समितिले बढुवाका लागि पहिलो नम्बरमा पाण्डेको नाम सिफारिस गरेको थियो । दुई नम्बरमा विष्णु जोशी र ३ नम्बरमा दिनेश अर्यालको नाम सिफारिस भएको थियो ।

कार्यसम्पादन मूल्यांकन, वरियताको आधारमा पाण्डेको नगर प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवा भएको छ ।

पाण्डेले महानगरपालिकाका नगरप्रमुख बालेन्द्र शाह ‘बालेन’लाई ठूलो सहयोग गर्दै आएका छन् । बालेनको अभियानमा सहयोग गरेका पाण्डेलाई दशैँका बेला ठूलो सरप्राइज उपहार दिइएको छ ।

Published : Tuesday, 2023 October 17, 11:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया